Exodus 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजकुमारीले टोकरी उघारेर हेरिन् र बालकलाई देखिन्। बालक रोइरहेको थियो र राजकुमारीको मनमा दया जाग्यो। उनले भनिन्, “यो कुनै एउटा हिब्रू बालक हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”
Nepali ERV (पवित्र बाइबल)
राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।