Exodus 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिदीचाहिँले राजकुमारीको छेउमा गएर भनी, “म गएर बालकको निम्‍ति एउटी हिब्रू स्‍त्रीलाई धाईआमा हुनलाई ल्‍याइदिऊँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्‍त्रीहरूमध्‍ये कोही धाईलाई हजूरको निम्‍ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्‍याऊँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”
Nepali ERV (पवित्र बाइबल)
त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”