Exodus 2:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजकुमारीले त्यस स्त्रीलाई भनिन्, “यो बालकलाई लगेर मेरो निम्ति दूध खुवाऊ अनि यसको स्याहारसुसार गर। म तिमीलाई ज्याला दिनेछु।” तिनले बालकलाई लगेर हुर्काइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।