Exodus 20:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनायौ भने त्‍यो कुँदेका ढुङ्गाहरूले नबनाउनू किनभने जब तिमीहरूले ढुङ्गामाथि छिनु चलाउँछौ, तब ढुङ्गा मेरो निम्‍ति अशद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेका ढुङ्गाले नबनाउनू; किनकि तिमीहरूले त्यसमा हतियार प्रयोग गर्दा त्यसलाई अशुद्ध पार्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।