Exodus 21:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसैले रिस गरेर अनि मार्नै चिताएर अर्को मानिसलाई मार्यो भने र आफैंलाई बचाउन मेरै वेदीमा नै त्यो आएको छ भने पनि त्यसलाई नछोड्नू, त्यो मारिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्यो भने, त्यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्ति लैजानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कुनै मानिसले योजना बनाएर छलपूर्वक अर्को मानिसलाई मार्छ भने त्यसलाई मेरो वेदीबाट लगेर मार्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।