Exodus 21:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले हिब्रू कमारो किन्यौ भने त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गर्नेछ। सातौँ वर्षमा सित्तैमा त्यसलाई छोडिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले हिब्रू सेवकलाई किनिस् भने उसले छ वर्षसम्म तेरो सेवा गरोस्। तर सातौँ वर्षमा उसले केही नतिरी स्वतन्त्र भएर जाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ वर्षसम्म मात्र सेवा गर्नेछन्। छः वर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन।