Exodus 21:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरू आपसमा झगडा गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो र त्‍यसको गर्भ तुहियो तर स्‍त्री आफैंलाई चाहिँ अरू कुनै हानि भएन भने चोट लगाउने मानिसले त्‍यस स्‍त्रीको लोग्‍नेले दाबी गर्दा न्‍यायाधीशले तोकेको जरिवाना तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि मानिसहरू आपसमा लड़न्‍त गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो, र महिना नपुगीकनै त्‍यसले बच्‍चा जन्‍माई तर स्‍त्रीलाई चाहिँ केही नोक्‍सानी भएन भने स्‍त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्‍ड चोट लगाउने मानिसले देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्‍चा जन्माई, तर अरू चोट लागेको छैन भने त्यस कसुरदारले त्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्।
Nepali ERV (पवित्र बाइबल)
“दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।