Exodus 21:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि साँढेले कसैलाई सिङले हानेर मार्‍यो भने त्‍यसलाई ढुङ्गाले हिर्काएर मार्नू। त्‍यसको मासु नखानू अनि त्‍यसको मालिकलाई केही दण्‍ड नदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै गोरुले कुनै पुरुष वा स्त्रीलाई सिङले हानेर मार्‍यो भने त्यस गोरुलाई ढुङ्गाले हानेर मारियोस्, र त्यसको मासु नखानू। तर त्यस गोरुको मालिक त्यसको जिम्मेवार हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ।