Exodus 21:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर साँढेको हान्‍ने बानी थियो अनि मालिकलाई त्‍यसबारे सावधान गराउँदा पनि साँढेलाई बाँधिराखेन र त्‍यो साँढेले कसैलाई सिङले हानेर मार्‍यो भने त्‍यसलाई ढुङ्गाले हानेर मार्नू र त्‍यसको मालिकलाई पनि मार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने स्वभाव थियो, र त्यसको मालिकलाई चेतावनी दिइएको थियो, तर उसले त्यसलाई बाँधेर राखेन, र त्यसले कुनै पुरुष वा स्त्रीलाई मार्‍यो भने त्यो गोरुलाई ढुङ्गाले हानेर मारियोस्, साथै त्यो मालिक पनि मारिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।