Exodus 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो कमारो भएर आएको बेलामा विवाह नगरी आएको थियो भने त्‍यो गएको बेलामा पनि त्‍यसको स्‍वास्‍नी नलगी एक्‍लै जाओस्; तर त्‍यो विवाह गरेर आएको थियो भने त्‍यसले आफ्‍नी स्‍वास्‍नी लिएर जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो एकलै आएको भए एकलै जाओस्‌। त्‍यसले विवाह गरेर आएको भए त्‍यसकी पत्‍नी पनि त्‍यसैसँग जाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यो एकलै आएको भए, एकलै स्वतन्त्र भएर जाओस्; तर त्यो आउँदा त्यससँग पत्नी पनि थिई भने ऊ पनि त्यससितै जाओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ।