Exodus 21:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँढेले कमारो वा कमारीलाई मार्यो भने त्यसको मालिकले त्यस कमारा वा कमारीको मालिकलाई चाँदीका तीस वटा टुक्राहरू दिनुपर्नेछ र साँढेलाई ढुङ्गाले हिर्काएर मार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्यसको मालिकलाई चाँदीका तीस सिक्का देओस्, र त्यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर मार्यो भने त्यस गोरुको मालिकले दास-दासीको मालिकलाई चाँदीको तीस शेकेल तिरोस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानेर मारियोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।