Exodus 21:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको मालिकले त्यसलाई स्वास्नी दिएका भए र त्यसबाट छोरा-छोरी जन्मिए भने ती स्वास्नी, छोरा-छोरीहरू मालिकका हुनेछन् र त्यो एक्लै जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए, र त्यसले छोराछोरीहरू जन्माई भने, पत्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन्, र त्यो मात्र स्वतन्त्र भएर जाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उसका मालिकले उसलाई पत्नी दिएको हो भने, र त्यसले छोराछोरी जन्माई भने त्यो स्त्री, र त्यसका छोराछोरी त्यसका मालिकका हुनेछन्; तर त्यो मानिस मात्र स्वतन्त्र भएर जाओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।