Exodus 21:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिकचाहिँले त्‍यसलाई पुज्‍ने स्‍थलमा लैजाओस् र त्‍यहाँ ढोका वा ढोकाको खम्‍बामा त्‍यसलाई खडा गरेर त्‍यसको कान छेडिओस्। त्‍यसो गरेपछि त्‍यो आफ्‍नो जीवनभरि कमारो भइरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको मालिकले त्‍यसलाई न्‍यायकर्ताहरूकहाँ ल्‍याओस्, र त्‍यसलाई ढोका कि ढोकाको सँघारमा ल्‍याएर त्‍यसको कान सुतारोले छेड़ोस्‌। त्‍यसपछि त्‍यो आजीवन मालिकको नोकर हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसका मालिकले उसलाई न्यायकर्ताहरूका सामु लगोस्। तिनले त्यसलाई ढोका अथवा ढोकाको खाँबोमा लगेर त्यसका कान सियोले छेडोस्; तब त्यो जीवनभरिका लागि त्यस मालिकको दास हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।