Exodus 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसले आफ्‍नी छोरीलाई कमारी बनाएर बेचेको छ भने त्‍यो केटी कमाराहरूजस्‍तो स्‍वतन्‍त्र भएर जान पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कुनै मानिसले आफ्‍नी छोरी कमारी हुनलाई बेचेको छ भने, त्‍योचाहिँ कमाराझैँ स्‍वतन्‍त्र भएर नजाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेच्छ भने त्यो दासी पुरुष दासहरूझैँ स्वतन्त्र भएर जान पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन।