Exodus 21:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले त्‍यसलाई स्‍वास्‍नी बनाउन किनेको थियो र अब आफ्नी स्‍वास्‍नी बनाएर राख्‍न मन पराउँदैन भने त्‍यो केटीलाई त्‍यसकै बुबालाई बेचिदेओस्। त्‍यसको मालिकले त्‍यसलाई कुनै विदेशीको हातमा बेच्‍न सक्‍नेछैन किनभने त्‍यसले कमारीलाई अन्‍याय गरिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई ल्‍याएर पनि त्‍यसको मालिकलाई त्‍यो असल लागेन भने मोल तिरेर त्‍यो छुटोस्‌। मालिकले त्‍यससँग कुव्‍यवहार गरेको कारण त्‍यसलाई विदेशीको हातमा बेच्‍ने त्‍यसलाई अधिकार हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसलाई किन्‍ने मालिकलाई त्यसले प्रसन्‍न पार्न सकिन भने तिनले त्यसलाई फेरि किनिनका लागि छाडिदिनुपर्छ। मालिकले त्यससँग विश्‍वास तोडेका कारण त्यसलाई परदेशीको हातमा बेच्ने अधिकार हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।