Exodus 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशु राखिदिने मानिसले परमेश्‍वरलाई पुज्‍ने स्‍थानमा गएर त्‍यो पशु मैले चोरेको होइनँ भनी शपथ खाओस्। पशुको चोरी भएको होइन भने त्‍यसको धनीले त्‍यसको नोक्‍सानी आफैंले खेपोस् र पशु राख्‍नेले त्‍यो भर्नुपर्दैन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई बीचको यो विषय त्यस छिमेकीले अर्को मानिसको सम्पत्तिमा आफ्नो हात लगाएको छैन भनेर याहवेहको सामु शपथ खाएर मिलाउनुपर्छ। त्यस मालिकले त्यो स्वीकार गरोस्, तब त्यसले क्षतिपूर्ति तिर्नुपर्दैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।