Exodus 22:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशुलाई जङ्गली जन्‍तुले मारिदियो भने त्‍यो पशु राख्‍नेले त्‍यसको सिनु ल्‍याएर देखाउनुपर्नेछ। जङ्गली जन्‍तुले मारेको खण्‍डमा त्‍यसले हर्जाना दिनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसलाई कुनै जङ्गली जनावरले टुक्रा-टुक्रा पारेको छ भने त्यसले ती बाँकी रहेका अङ्गहरू प्रमाणको लागि ल्याओस्, र त्यसले टुक्रा-टुक्रा पारिएको पशुको मोल तिर्नुपर्दैन।
Nepali ERV (पवित्र बाइबल)
यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।