Exodus 22:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धनीकै आँखाअघि त्यो पशु मर्यो वा घाइते भयो भने त्यस मानिसले दाम तिर्नुपर्दैन। यदि त्यो पशु बहालमा लिएको हो भने त्यसको नोक्सानी बहालमा काटिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्यसको भर्ना दिनुपर्नेछैन। त्यो पशु ज्यालाको हो भने, ज्यालाको लागि तिरेको रकमले सो नोक्सानी बेहोर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पशु मालिकसितै छ भने सापटी लानेले त्यसलाई क्षतिपूर्ति तिर्नुपर्दैन। यदि त्यो पशु भाडामा लिइएको थियो भने भाडाको त्यस रकमले त्यसैको नोक्सानी बेहोर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।