Exodus 22:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परदेशीलाई नसताउनू वा त्योसित खराब व्यवहार नगर्नू। याद राख, तिमीहरू पनि मिश्रमा परदेशी थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले कुनै प्रवासीसित दुर्व्यवहार नगर्नू अथवा त्यसलाई नसताऊनू; किनकि तिमीहरू पनि इजिप्टमा प्रवासी थियौ।
Nepali ERV (पवित्र बाइबल)
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।