Exodus 22:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यो मात्र त्‍यसको जाडो ढाक्‍ने वस्‍त्र हो। त्‍यसले अरू के ओढेर सुत्‍न सक्‍छ? जब त्‍यसले मलाई सहायताको निम्‍ति पुकार्छ, म त्‍यसलाई उत्तर दिनेछु किनभने म कृपालु छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आफ्नो शरीर ढाक्नलाई त्यससित एक जोर लुगा मात्र छ। तब त्यसले के ओढेर सुत्ला? जब त्यसले मेरो पुकार गर्छ, तब म सुन्‍नेछु; किनकि म दयालु छु।
Nepali ERV (पवित्र बाइबल)
किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्नु सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।