Exodus 22:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसले आफ्‍नो पशुलाई खेत वा दाखबारीमा चर्न छोडिदियो र पशु गएर अर्काको खेतको अन्‍न खाइदियो भने त्‍यस मानिसले दोस्रोको अन्‍नको नोक्‍सानी आफ्‍नो खेत वा दाखबारीको सबैभन्दा असल उब्‍जनी दिएर तिर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले आफ्नो पशु खेतमा अथवा दाखबारीमा चर्न खुला छोडिदियो, र त्यो अर्काको खेतमा गएर चर्‍यो भने त्यसले आफ्नो खेतबारी अथवा दाखबारीको सबैभन्दा असल उब्जनीबाट त्यसको क्षतिपूर्तिस्वरूप दिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वरूप आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ