Exodus 22:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गाई-वस्तु, गधा, भेडा, लुगाफाटा वा अरू कुनै धन-सम्पत्तिको बारेमा झगडा हुँदा झगडियालाई परमेश्वरलाई पुज्ने स्थानमा लैजानू र जसलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ, त्यसले अर्कोलाई दोब्बर तिरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्तु देखाएर कसैले त्यो मेरो हो भन्यो भने, दुवै जना न्यायकर्ताहरूका अगि आऊन्। न्यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्यसले नै आफ्नो छिमेकीलाई दोबर देओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोरु, गधा, भेडा, लुगा अथवा कसैले ‘यो मेरो हो’ भनेका कुनै पनि किसिमको सम्पत्ति कसैकहाँ अवैध रूपमा पाइयो भने यस्ता सबै मुद्दा दुवै पक्षले न्यायकर्ताहरूको सामु ल्याऊन्। जसलाई न्यायकर्ताले दोषी ठहर्याउँछन्, त्यसले नै आफ्नो छिमेकीलाई दोबर क्षतिपूर्ति तिरोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।