Exodus 23:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सातौँ वर्षमा त्‍यसलाई बाँझो राख र त्‍यहाँ उम्रेको अन्‍न नबटुल। गरीबहरूले ती अन्‍न खाऊन् र उब्रेकोचाहिँ जङ्गली जन्‍तुले खाऊन्, तिमीहरूले आफ्‍ना दाख र जैतुनका बारीहरूमा पनि त्‍यसै गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सातौँ वर्षमा चाहिँ त्‍यसलाई नजोती बाँझै छोड़िदेओ, र त्‍यसबाट तिमीहरूमध्‍येका गरीबहरूले खाऊन्‌। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्‌। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्‍यसै गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सातौँ वर्षमा खेत नजोत्नू, र प्रयोग नगरी छोडिदिनू। तब तिमीहरूमध्ये गरिबहरूले त्यसबाट भोजन पाऊन्, र तिनीहरूले छोडेका जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका अङ्‌गुर र जैतुनका बारीलाई पनि त्यसै गर्नू।
Nepali ERV (पवित्र बाइबल)
तर सातौं वर्षमा त्यो जमीन उपयोग नगरू। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।