Exodus 23:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अन्‍न कटनी गर्दा कटनी पर्व मनाओ। “वर्षको दिन बितेपछि शरद् ऋतु लाग्‍छ। जब तिमीहरू आफ्‍ना दाख र जैतुनका बारीहरूबाट फल बटुल्‍छौ, तब तिमीहरूले “छाप्रोका चाड” मनाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले खेतमा छरेको अन्‍नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्‍तमा जब तिमीहरू आफ्‍नो खेतबाट आफ्‍नो मेहनतको फल बटुल्‍छौ, त्‍यस बेला अन्‍न भित्र्याउने चाड़ मनाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले आफ्ना खेतमा छरेका अन्‍नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्‍न बटुल्दा अन्‍न भित्र्याउने चाड मनाओ।
Nepali ERV (पवित्र बाइबल)
“जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौ त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।