Exodus 23:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका देवताहरूलाई नपुज्नू वा नभज्नू र तिनीहरूका धार्मिक रीतिहरू नमान्नू। तिनीहरूका देवताहरूलाई नष्ट गर। तिनीहरूले पवित्र मानेका खम्बाहरू भाँचिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका देवी-देवताहरूलाई दण्डवत् नगर्नू, तिनीहरूको आराधना नगर्नू अथवा तिनीहरूका रीतिहरूअनुसार नचल्नू। तिमीहरूले ती भत्काइदिनू र तिनीहरूले पवित्र मानेका ढुङ्गाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ।