Exodus 23:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रो विरोध गर्ने मानिसहरूलाई म मेरो डर मान्‍न लाउनेछु। जोसँग तिमीहरू युद्ध गर्छौ, तिनीहरूका बीचमा खैलाबैला ल्‍याउनेछु र तिम्रा सबै शत्रुहरू तिमीहरूदेखि भाग्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म आफ्‍नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्‍याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्‍नेबाट भगाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूका अगि-अगि मेरो आतङ्क पठाउनेछु, र तिमीहरूले सामना गर्ने प्रत्येक राष्ट्रलाई अलमल पारिदिनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्ने तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।