Exodus 23:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका देशको सिमाना लाल समुद्रदेखि यूफ्रेटिस नदीसम्म अनि भूमध्य सागरदेखि मरुभूमिसम्म फैलाइदिनेछु। त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूको अधिकार दिनेछु। तिनीहरूलाई तिमीहरूले लखेट्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म, र उजाड़-स्थानदेखि यसो यूफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म, र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।