Exodus 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “पर्वतमाथि मकहाँ आइज र त्‍यहाँ म तँलाई दुईवटा शिला-पाटीहरू दिनेछु। मैले मानिसहरूको शिक्षाको निम्‍ति लेखेका सबै आज्ञाहरू ती पाटीमा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्‌। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्‍यवस्‍था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्‍नुभयो, “मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”