Exodus 24:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले ती अगुवाहरूलाई भने, “हामी फर्की नआएसम्‍म यहीँ डेरामा हामीलाई पर्खेर बस। हारून र हूर यहाँ तिमीहरूसित छन् र कसैको केही कुरा छलफल गर्नुपर्नेछ भने तिनीहरू ती दुईकहाँ जान सक्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले धर्म-गुरुहरूलाई भने, “हामी तिमीहरूकहाँ नआउञ्‍जेल तिमीहरू यहीँ हामीहरूलाई पर्ख। हारून र हूर तिमीहरूसँग छन्‌। कसैको केही विवाद भए तिनीहरूकहाँ जाऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले प्रधानहरूलाई भने, “हामी तपाईंहरूकहाँ नआउन्जेल यहीँ हामीलाई पर्खिबस्‍नुहोस्। हारून र हूर तपाईंहरूसँग छन्; अनि कसैको केही विवाद भए तिनीहरूकहाँ जानू।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”