Exodus 24:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[16-17] परमेश्वरको उपस्थितिमा चम्किलो ज्योति पर्वतमा पर्यो। त्यस ज्योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्तो देखे। बादलले पर्वतलाई छ दिनसम्म ढाकिराख्यो र सातौँ दिन परमेश्वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्म पर्वतलाई ढाकिराख्यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहको महिमा सीनै पर्वतमा रह्यो। छ दिनसम्म बादलले पर्वतलाई ढाकिरह्यो; र सातौँ दिनमा याहवेहले बादलभित्रबाट मोशालाई बोलाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।