Exodus 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले परमप्रभुका आज्ञाहरू लेखिएका करारको पुस्तक लिए अनि मानिसहरूका सामु चर्को स्वरमा पढेर सुनाए। मानिसहरूले भने, “हामी परमप्रभुका आज्ञापालन गर्नेछौं र परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा पूरा गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूका सामुन्ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले करारको पुस्तक लिएर मानिसहरूलाई पढेर सुनाए। तिनीहरूले जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ; हामी ती पालन गर्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”