Exodus 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले भाँडाको रगत लिए र मानिसहरूमाथि छर्के। उनले भने, “यी आज्ञाहरू दिनुहुँदा परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारमा छाप लाउने रगत यही हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्‍यस करारको रगत हो, जो परमप्रभुले आफ्‍ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्‍नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “यो रगत यी वचनहरूका आधारमा याहवेहले तिमीहरूसित गर्नुभएको करारको रगत हो।”
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”