Exodus 25:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनलाई प्रायश्चितको ढकनाको लम्बाइपट्टि दुई किनारामा लगाउनू। ती करूबहरू प्रायश्चितको ढकनासँग जोडेर एउटै सुनको टुक्राजस्तो बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुई किनारमा बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा करूब त्यस पाप समाधान-स्थानको एकापट्टि र अर्को करूब अर्कोपट्टि बनाउनू। ती करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्रा हुने गरी दुवैतिर बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।