Exodus 25:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती करूबहरू आमुन्‍ने-सामुन्‍ने गरेर प्रायश्‍चितको ढकनामा राख्‍नू। तिनले आ-आफ्‍ना पखेटाहरू मास्‍तिर फैलाएका र प्रायश्‍चितको ढकनालाई हेरेर पखेटाले ढाकेको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती करूबहरूका पखेटाहरू पाप समाधान-स्थानलाई ढाक्ने गरी उँभोतिर फर्केका होऊन्। ती करूबहरू पाप समाधान-स्थानतिर हेर्दै एक-अर्कापट्टि फर्केका होऊन्।
Nepali ERV (पवित्र बाइबल)
करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।