Exodus 26:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म बास गर्ने पवित्र पालको भित्रपट्टि दश टुक्रा मिहीन कपडाका पर्दा लाउनू। ती टुक्राहरू नीलो, बैजनी र रातो रङ्गको उनले बुनेर जोर्नू र तिनमा पखेटा भएका करूबहरूका रूप बनाएर फूल-बुट्टा भर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्‌। तिनमा सिपालु शिल्‍पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।