Exodus 26:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ती फल्याकका मुन्तिर एउटाको मुनि दुईवटा गरी चालीस वटा चाँदीका आसन बसाल्नू। प्रत्येक फल्याकमुनिका चाँदीका आसनहरूमा काठबाट निस्केका चोसोहरू राखिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बीसै वटा फल्याकहरूका मुन्तिर चाँदीका चालीस वटा आधार बनाउनू— दुई आधारहरू एक फल्याकको मुन्तिर र हरेक चोसोमुनि एउटा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाउनू—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
Nepali ERV (पवित्र बाइबल)
अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।