Exodus 26:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नीलो, बैजनी र रातो धागोले बुनी जोरेको एउटा मिहिन सुती कपडाको पर्दा बनाउनू। त्‍यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाउनू, र त्‍यसमा सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।