Exodus 26:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पालका धुरीमा लगाएका अङ्कुसेहरूमुनि पर्दा टाँग्नू र पर्दाका पछिल्तिर ढुङ्गाका दुईवटा पाटीहरू राखेका करारको सन्दुक राख्नू। पर्दाले पालका पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गरिराख्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले त्यो छेक्ने पर्दा अङ्कुसेहरूबाट झुण्ड्याउनू र त्यसको पछाड़ि गवाहीको सन्दूक राख्नू। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।