Exodus 26:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महा-पवित्रस्थानको बाहिरपट्टि पालको उत्तरपट्टि टेबिल राख्नू र दक्षिणपट्टि सामदान राख्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छेक्ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्थानको उत्तरतिर टेबिल राख्नू, र पवित्र वासस्थानको दक्षिणतिर टेबिलको सामुन्ने सामदान राख्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुललाई पर्दा बाहिर समागम पालको उत्तरतिर राख्नू; र सामदानलाई त्यसको विपरीततिर दक्षिणपट्टि राख्नू।
Nepali ERV (पवित्र बाइबल)
“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।