Exodus 27:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई काँसाकै आसन भएका र चाँदीको अङ्कुसे र डन्‍डी लागेका काँसाका बीसवटा खम्‍बाहरूमा झुन्‍ड्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका होऊन्‌। खम्‍बाका अङ्‌कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।