Exodus 27:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढोकाको निम्ति नीलो बैजनी र रातो धागोको ऊनले बुनी जोडेको अनि फूल-बुट्टा भरेको एउटा मिहिन सुती लुगाको ९ मिटर लामो पर्दा रहनेछ। त्यसलाई चार आसनमाथि खडा चार खम्बाहरूले थाम्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चोकको ढोकाको निम्ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बीस हातको पर्दा होस्। त्यसमा बुट्टा हाल्नेको काम होस्। त्यसका खम्बाहरू चार वटा र आधारहरू पनि चार वटै होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो एउटा पर्दा बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।