Exodus 27:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घेरा ४४ मिटर लामो, २२ मिटर चौडा र २ मिटर २० सेन्टिमिटर अग्लो रहनेछ। तिनका आसन काँसाको र पर्दाहरू मिहिन सुती कपडाका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकको लमाइ एक सय हातको र त्यसको चौड़ाइ पचास हातको होस्। त्यसका पर्दाहरूको उचाइ पाँच हातको होस्। ती मसिनो गरी बाटेको सूती कपड़ाका होऊन्, र तिनका आधारहरूचाहिँ काँसाका होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट अग्ला पर्दाहरू हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
आँगन एक सय हात लामो अनि पचास हात चौडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ।