Exodus 27:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका चार कुनाका टुप्पामा बाहिर सिङजस्ता निस्केका चोसो राखून्। त्यस वेदीसँग एउटै काठको टुक्राले बनेको होस् र जम्मै काँसाले मोहोर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका चारै कुनामा एउटा-एउटा सीङ बनाउनू। वेदी र त्यसका सीङ त्यही एउटै टुक्राले बनाइएका होऊन्। वेदीलाई काँसाले मोहोर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू।
Nepali ERV (पवित्र बाइबल)
त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।