Exodus 27:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र त्यसका छोराहरूले म बास गर्ने पवित्र पालमा करारको सन्दुक अघिल्तिरका पर्दाको बाहिरपट्टि पानस राख्नेछन्। त्यहाँ मेरो सामुन्नेमा त्यो साँझदेखि बिहानसम्म बलिरहनेछ। इस्राएलीहरू र तिनका सन्तानले सदासर्वदा यो आज्ञापालन गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्म परमप्रभुको सामुन्ने बालिरहने गरून्। इस्राएलीहरूका निम्ति तिनका पुस्तौँसम्मलाई यो अनन्तको विधि होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”