Exodus 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म बास गर्ने पवित्र पाललाई घेरेर मिहिन सुती कपडाको पर्दाले एउटा घेरा हाल्नू। पर्दा दक्षिणपट्टि ४४ मिटर लामो होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले पवित्र वासस्थानको निम्ति चोक बनाउनू। त्यसको दक्षिण भागको लमाइ एक सय हातको होस्, र त्यसको निम्ति मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।