Exodus 28:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरा दाजु हारून र त्‍यसका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारलाई बोला। तिनीहरूलाई इस्राएलीहरूका बीचबाट अलग गर्‌ र तिनीहरूले मेरो निम्‍ति पूजाहारीका काम गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्‍यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्‍ति पूजाहारीको काममा सेवा गरून्‌— हारून र त्‍यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूका बीचबाट तेरा दाजु हारून र त्यसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार पुजारी भई मेरो सेवा गर्न भनेर तँकहाँ बोला।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।