Exodus 28:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुईवटा पत्‍थरमा एउटा सिपालु शिल्‍पकारलाई इस्राएलका छोराहरूका नाम खोप्‍न लाउनू र ती पत्‍थर सुनमाथि जडेर राख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्‍थर खोप्‍ने शिल्‍पकारले जसरी छाप खोप्‍छ, त्‍यसरी नै ती दुवै पत्‍थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू। तब तैंले ती पत्‍थर सुनका रत्‍न जड़िने मणिघरमा जड्‌न लगाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका छोराहरूका नाम ती दुई पत्थरहरूमा शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै खोप्नू। त्यसपछि ती पत्थरहरूलाई सुनका मणिघरमा राख्नू।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ।