Exodus 28:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई पत्‍थरहरू इस्राएलका बाह्र कुल बुझाउन एपोदका काँधेपेटीमा लगाउनू। यस प्रकारले तिनीहरूको नाम हारूनले आफ्‍नो काँधमा बोक्‍नेछ र म परमप्रभुले मेरा प्रजालाई सधैँ सम्‍झनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवै पत्‍थर एपोदका काँधे-बन्‍धनमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको पत्‍थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्‍ना दुवै काँधमा सम्‍झनाको निम्‍ति बोक्‍ने गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई इस्राएलका छोराहरूका निम्ति सम्झना गराउने पत्थरझैँ एपोदका काँधे-जोर्नीहरूमा कसिदिनू। हारूनले ती नामहरू सम्झनाझैँ याहवेहको सामु आफ्नो काँधमा बोक्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।