Exodus 28:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्‍वरको इच्‍छा पक्‍का गरी बुझ्‍नलाई मुख्‍य पूजाहारीको निम्‍ति एउटा छाती-पाता बनाइदिनू। एपोदकै जस्‍तो र त्‍यसरी नै फूल-बुट्टा भरेको सामग्रीले त्‍यो छाती-पाता बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“न्‍याय गर्नलाई छाती-पाता सिपालु शिल्‍पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्‍तै त्‍यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“न्याय गर्नका लागि एउटा छाती-पाता दक्ष शिल्पकारद्वारा बनाउनू। त्यसलाई एपोदझैँ सुनको, निलो, बैजनी र रातो धागो अनि मसिनो गरी बाटेको सुती कपडाको बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।