Exodus 28:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून पवित्रस्थानमा पस्दा त्यसले इस्राएलका कुलका नाम खोपिएका छाती-पाता पहिरनेछ र म परमप्रभुले त्यसरी आफ्ना प्रजालाई सधैँ सम्झनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, तब त्यसले आफ्नो हृदयमाथि न्यायको छाती-पातामा परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति इस्राएलका छोराहरूको नाउँ बोकोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जहिले-जहिले हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, त्यसले याहवेहको सामु सधैँको सम्झनाको रूपमा इस्राएलका छोराहरूका नाम आफ्नो हृदयमा निर्णयको छाती-पातामा राख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।